मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘मिथिला माध्यमिकी परिक्रमा’ काे भव्य स्वागत, तस्बिरहरू

बिहीबार, ०७ फागुन २०८२, २१ : ०८
बिहीबार, ०७ फागुन २०८२

जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक पदयात्रा ‘मिथिला माध्यमिकी परिक्रमा’ बिहीबार महोत्तरीको मटिहानी आइपुगेको छ।

१५ दिने परिक्रमा मङ्गलबार भारतको  कल्याणेश्वरबाट यात्रा प्रारम्भ गरिएको थियो।

बुधबार गिरिजास्थान हुँदै यात्रा आज मटिहानी पुगेको छ। मिथिलाको पौराणिक, ऐतिहासिक तथा धार्मिक आस्थासँग गाँसिएको यस परिक्रमा संसारकै लामो धार्मिक पदयात्रामध्ये एक मानिन्छ। परिक्रमामा ‘किशोरीजी मिथिला बिहारी’को डोला प्रमुख आकर्षण र केन्द्रबिन्दुका रूपमा लिइन्छ।

मटिहानी नगरपालिका क्षेत्रमा डोला आगमनसँगै नगर प्रमुख हरिप्रसाद मण्डल तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत स्थानीय जनप्रतिनिधि र श्रद्धालुहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए। डोलाको पूजा–अर्चना गर्दै धार्मिक श्रद्धा व्यक्त गरिएको थियो।

परिक्रमा टोली आज राति मटिहानीमै विश्राम गरी भोलि बिहान जलेश्वरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको किशोरीजी डोलाका महन्त नवल किशोर दासले बताए। 

matihani (12)matihani (13)matihani (14)matihani (15)matihani (16)

matihani (1)matihani (2)matihani (3)matihani (4)matihani (5)matihani (6)matihani (7)matihani (8)matihani (9)matihani (10)matihani (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप