सिरहाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ
शुक्रबार, ०८ फागुन २०८२, १८ : ०१
सिरहा । सिरहामा श्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सिरहाको औरही गाउँपालिका–५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो स.१०प ४०५ नम्बरको मोटरसाइकलमा बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेका अवस्थामा यादवलाई प्रहरीले शंका लागेर चेक जाँच गरेको थियो ।
चेक जाँचको क्रममा उनको साथबाट १ हजारको १४ सय थान नेपाली रुपैयाँ बरामद भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण