जनकपुरमा चार दिने अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न
सारांश
- जनकपुरमा चार दिने अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफलतापूर्वक सम्पन्न भयो।
- महोत्सवमा मैथिली भाषा, साहित्य र कलालाई जोड दिइयो, जसमा विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो।
- विजेताहरूलाई सम्मान गरियो र मैथिली भाषा र संस्कृतिको प्रवर्द्धनमा जोड दिइयो।
धनुषा । मैथिली भाषा, साहित्य र कलालाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित आयोजित चार दिने ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ शुक्रबार सम्पन्न भएको छ ।
मैथिली विकास कोषको आयोजना तथा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षिजनक विश्वविद्यालयको सहआयोजनामा सम्पन्न महोत्सव यस वर्ष विद्यालय केन्द्रित बनाइएको थियो । उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागितामा नृत्य, वक्तृत्व, चित्रकला र कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई दोसल्ला ओढाएर शिल्ड, कप, नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । समापन समारोहमा मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्ण र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतले विजेतालाई सम्मान गरेका थिए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख साह, तथा पूर्वमन्त्री रामसरोज यादवलगायतले महोत्सवले मैथिली भाषा र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको धारणा राखे । चार दिने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृति तथा सामाजिक–आर्थिक क्षेत्रमा योगदान दिएका विद्वान, कलाकार र सर्जकहरूको सहभागिता रहेको थियो । यस संस्करणमा समसामयिक २० विषयमा विमर्श सत्र सञ्चालन गरिएको थियो ।
कोषले यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण