भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय
जनकपुरधाम । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय बैठक सम्पन्न भएको छ।
आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकबाट निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइएको छ भने सरकारी स्रोत–साधनको दुरुपयोग नगर्ने सहमति गरिएको छ।
मतदान प्रक्रियालाई व्यवस्थित र सहज बनाउन मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक सहजीकरण गर्ने तथा उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय गरिएको छ।
हाल नेपाल प्रवेश गरेको मिथिला माध्यमिकी परिक्रमाका कारण सीमावर्ती क्षेत्रमा दर्शनार्थीहरूको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै फागुन १८ भित्र सुरक्षित रूपमा फिर्ता हुने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिई पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ।
साथै, फागुन १८ देखि २१ गतेसम्म भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
_W6fDgcJpT4.png)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
-
पूर्व निजी वकिललाई ट्रम्पले बनाए महान्यायाधिवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण