मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदयपुरमा बोलेरो दुर्घटना

सोमबार, १८ फागुन २०८२, १८ : ३३
सोमबार, १८ फागुन २०८२

काठमाडौं । उदयपुरको गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको बोलेरो फोक्सिन्टारमा दुर्घटना भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गमा बोलेरो दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए। 

दुर्घटनामा परेर खोटाङ्गको खोटेहाङ गाउँपालिका–७ बस्ने बरिब २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् । ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो हो ।

उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार थिए । दुर्घटनामा परेकाहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ त्रियुगा गण उदयपुरको टोलीले उद्धार गरेको थियो । दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप