प्रतिनिधिसभा निर्वाचन-२०८२
ताप्लेजुङमा ५१ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, २२ : २६
सारांश
- ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ, जम्मा ४६ हजार ७७४ मत खसेको देखिन्छ ।
- दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भए पनि मौसमका कारण भोलि बिहान ल्याइने भयो ।
- जिल्लामा ८० मतदानस्थल र १२७ मतदान केन्द्र छन्, जसमा १३ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका चार वटा क्षेत्र बाहेक सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङ्लुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला, घुन्सा, ग्याब्ला र याङ्माका मतपेटिका आजै हेलिकप्टरबाट ल्याउने तयारी भए पनि मौसमका कारण सम्भव नभएकोले भोलि बिहान ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताए ।
ताप्लेजुङमा ८० मतदानस्थल अन्तर्गत १२७ मतदान केन्द्र छन् । यस पटकको निर्वाचनमा १३ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण