सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो
सारांश
- सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- मुख्य निर्वाचन अधिकृत कोइरालाले मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताए।
- दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ।
सङ्खुवासभा । सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ५३ प्रतिशत १९ दशमलव मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
कूल १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए । जिल्लामा ३३ हजार एक सय ८० पुरुष र ३० हजार चार सय महिलाले मतदान गरेको उनको भनाइ छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ ।
हेलिकप्टरमार्फत ढुवानी
जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइने भएको छ ।
जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोला गाउँपालिकाअन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रमा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । यी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत भोलि मात्र ल्याइने उनको भनाइ छ ।
त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका थिए । जिल्लामा एक अस्थायी सहित १६५ मतदान केन्द्र छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण