मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँ-३ मा कुलमानको अग्रता कायमै

शुक्रबार, २२ फागुन २०८२, ०४ : २५
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ३ मा कुलमान घिसिङले अग्रता कायम राखेका छन्, उनले १८४६ मत प्राप्त गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे १५६० मतका साथ दोस्रो स्थानमा छन्, घिसिङभन्दा २८६ मतले पछि परेका छन्।
  • नेपाली कांग्रेसका रमेश अर्याल तेस्रो र नेकपा (एमाले) का रामेश्वर फुयाल चौथो स्थानमा रहेका छन्।

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा जारी मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

पछिल्लो मत परिणामअनुसार, घिसिङले १८४६ मत प्राप्त गरी शीर्ष स्थानमा रहँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डेले १५६० मतसहित पछ्याइरहेका छन् । घिसिङ आफ्ना निकटतम प्रतिस्पर्धी पाण्डेभन्दा २८६ मतले अगाडि छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ५८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रामेश्वर फुयालले ४५६ मत पाएका छन् ।

यस क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप