मोरङ-१ मा रास्वपाका यज्ञमणिको फराकिलो अग्रता कायमै, पछ्याइरहेको छ श्रम संस्कृतिले
विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा जारी मतगणनामा रोचक परिणाम देखिएको छ । प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता बनाएको छ ।
हालसम्म ८ हजार ९ सय ८२ मत गणना हुँदाको परिणाम अनुसार रास्वपाका न्यौपानेले ३ हजार ३९५ मत पाएका छन् । यस्तै दोस्रो नम्बर श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले २ हजार ३९ मत पाएकी छिन् । यो क्षेत्रबाट काँग्रेसका खड्गबहादुर फागोले १ हजार ३४६, एमालेका घनश्याम खतिवडाले १ हजार ७९ मत ल्याएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका न्यौपाने दोस्रो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाभन्दा १ हजार ३५६ मतले अगाडि छन् । रोचक कुरा त के छ भने यस क्षेत्रमा स्थापित मानिएका ठुला दल नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण