मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

संखुवासभामा मतगणना अनिश्चित, ९ वटा केन्द्रका मतपेटिका अझै आइपुगेनन् सदरमुकाम

शुक्रबार, २२ फागुन २०८२, १४ : २०
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • संखुवासभाका दुर्गम क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ।
  • जिल्लाका ९ वटा मतदान केन्द्रका मतपेटिका संकलन हुन बाँकी रहेको छ।
  • दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टर र गाडीमार्फत ल्याउने व्यवस्था मिलाइएको छ।

विराटनगर । संखुवासभाका सबै क्षेत्रका मतपेटिका अझै सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ । विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो ।

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही दुर्गम क्षेत्रका मतपेटिका शुक्रबार दिनभरमा सदरमुकाम आइपुग्ने बताइन् । उनले ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी रहेको बताइन् ।

जसमध्ये पाँचवटा केन्द्रबाट हेलिकप्टर मार्फत र चारवटा केन्द्रबाट गाडी मार्फत मतपेटिका ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ । दुर्गम क्षेत्रका पाँच केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर भने आइपुगिसकेको छ। यद्यपि, उडान र ढुवानी कार्य मौसममा भर पर्ने प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप