मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकाे अग्रता

रुविना आचार्यको ९ हजार पुग्दा शेखर कोइरालाको २ हजार
शुक्रबार, २२ फागुन २०८२, १४ : ५५
शुक्रबार, २२ फागुन २०८२

विराटनगर । मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ६ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६ सय ३८ मतगणनाको विवरण अनुसार घण्टी चिह्न भएकी आचार्यले ९ हजार ५ सय ४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेकी छिन्।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला रहेका छन्। उनले हालसम्म २ हजार १ सय २८ मत प्राप्त गरेका छन्। त्यस्तै, अञ्जुलीमा रहेको माटो श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २ हजार २० मतका साथ तेस्रो स्थानमा रहेका छन्।

नेकपा (एमाले) का उम्मेदवार विनोद प्रसाद ढकाल भने २ हजार ७ मतका साथ चौथो स्थानमा खुम्चिएका छन्। उक्त क्षेत्रमा राप्रपाका सबिन निरौलाले ३६६ मत, नेकपाका ओपेन्द्र कुमार रायले २७८ मत पाएका छन् । 

यस क्षेत्रमा जम्मा १ लाख २७ हजार ८ सय ३२ मतदाता रहेकोमा हालसम्म १७ हजार ६ सय ३८ मत गणना भएको छ। जसमध्ये १६ हजार ५ सय ७० मत सदर भएको छ भने १ हजार ६८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप