सोलुखुम्बुमा सर्वदलीय बैठक बस्दै, बैठक सकिएलगत्तै मतगणना सुरु हुने
काठमाडौँ । सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको र बैठक सकिएलगत्तै मतगणनाको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
रातोपाटीसँग कुराकानी गर्दै अधिकृत पोखरेलले भने, ‘अबको केही मिनेटमा हामी सर्वदलीय बैठक बस्दै छौँ। बैठकले समय तय गरेलगत्तै हामी तुरुन्तै मतगणनाको कार्य अगाडि बढाउनेछौँ।’
उनका अनुसार भौगोलिक विकटता र यातायातको कठिनाइका कारण मतपेटिका सङ्कलनमा समय लागेकाले मतगणना सुरु हुन ढिलाइ भएको हो । विशेष गरी खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने र मौसमको प्रतिकूलताका कारण केही चुनौती देखिए पनि दिउँसो १ बजेसम्ममा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए ।
त्यस्तै जिल्लाका अन्य दुर्गम क्षेत्रबाट गाडीमा मतपेटिका ल्याउँदा सवारी साधन बिग्रिएर अर्को गाडीको व्यवस्था गर्नुपर्ने जस्ता प्राविधिक समस्याले पनि ढिलाइ भएको अधिकृत पोखरेलले स्पष्ट पारे । अहिले सबै क्षेत्रका मतपेटिकाहरू सुरक्षित रूपमा प्राप्त भई रुजु गर्ने कार्य सम्पन्न भइसकेको छ । अब बस्ने सर्वदलीय सहमतिका आधारमा केही बेरमै गणना कार्य सुरु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण