मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

झापा-३ मा राजेन्द्र लिङदेनभन्दा रास्वपाका प्रकाश पाठक दोब्बर मतले अगाडि

शुक्रबार, २२ फागुन २०८२, १७ : ००
शुक्रबार, २२ फागुन २०८२

विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले निकै फराकिलो अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार  पाठकले ६ हजार ८८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले ३ हजार ११४ मतका साथ पछ्याइरहेका छन् भने श्रम संस्कृति पार्टीका दीपक निम्सिना १ हजार ८३२ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले १ हजार २८६ मत र नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले १ हजार २१२ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरेले १८० मत, जनमत पार्टीका झममान राजवंशीले ५६ मत र मंगोल नेसनल अर्गनाइजेसनका डामकुमार श्रेष्ठले ३३ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप