मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुनसरी–१ मा हर्क साम्पाङलाई झड्का, रास्वपाको अग्रता कायमै

शुक्रबार, २२ फागुन २०८२, १८ : ५७
शुक्रबार, २२ फागुन २०८२

विराटनगर । सुनसरी–१ मा प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले आफ्नो अग्रता कायमै राखेकी छिन् । 

धरान उपमहानगरपालिका–१ को एक हजार ९ सय ६१ मत गणना गर्दा तामाङले एक हजार १५ मत प्राप्त गरेकी छिन् । यस्तै त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले भने ३ सय ३, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव श्रेष्ठले १ सय ६२, नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज)ले ९२ र नेकपा (एमाले) का टिकाराम लिम्बुले ६१ मत प्राप्त गरेका छन् । 

सुनसरी–१ मा कुल ५८ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ। यहाँ एक लाख ५० हजार २९३ मतदाता रहेका छन्। साम्पाङले भने मतपरिणाम अन्तिम दिनसम्ममा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । ‘श्रम संस्कृतिका मौरो हो... नआत्तिनु है ! नआत्तिनु ! जीत हुन्छ क्रान्तिको शंकै नमान !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप