सोलुखुम्बुमा बल्ल मतगणना सुरु
सारांश
- सोलुखुम्बुमा मतगणना सुरु भएको छ, जहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमति भएको थियो।
- यस निर्वाचनमा ४८ प्रतिशत मात्रै मत खसेको थियो, जसमा ४१ हजार ४ सय १ मत खसेको थियो।
- दुर्गम क्षेत्रका मतपेटिकाहरू हेलिकप्टर र सडक मार्गबाट सदरमुकाम ल्याइएको थियो र मतगणना सुरु भयो।
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुमा मतगणना भर्खरै सुरु भएको छ । जिल्ला सदरमुकाम सल्लेरीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपश्चात् मतगणना थालिएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यसपटकको निर्वाचनमा कुल ८५ हजार ५ सय १५ मतदाता रहेकोमा ४८ प्रतिशत अर्थात् ४१ हजार ४ सय १ मत मात्र खसेको छ । मतदान गर्नेहरूमध्ये २१ हजार ५ सय ९० पुरुष र १९ हजार ८ सय ११ महिला रहेका छन् ।
आठ स्थानीय तह रहेको जिल्लामा कुल १ सय ३९ मतदान केन्द्रहरू रहेका थिए ।
भौगोलिक रूपमा विकट मानिने यस जिल्लाका माथिल्लो हिमाली क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिकाहरू शुक्रबार बिहान हेलिकप्टरमार्फत सदरमुकाम सल्लेरी ल्याइएको थियो। तल्लो क्षेत्रका मतपेटिकाहरू भने सडक मार्ग हुँदै ल्याइएको मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोख्रेलले जानकारी दिए ।
सबै मतदान केन्द्रका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेसँगै कडा सुरक्षा घेराबिच मतगणना कार्य अघि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण