मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

हर्क साम्पाङ पछि पर्दा उनका ‘योद्धाहरू’ले बनाइरहेछन् ५ क्षेत्रमा अग्रता

शनिबार, २३ फागुन २०८२, ०० : १७
शनिबार, २३ फागुन २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङले जेनजी आन्दोलनपछि आफ्नो नेतृत्वमा श्रम संस्कृति पार्टी स्थापना गरे । ‘श्रमवाद’ मुख्य एजेन्डा बनाएको यो पार्टी चुनावी प्रतिस्पर्धामा छ । मत परिणाम हेर्दा देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा अभूतपूर्व जनलहर देखिएको छ । 

यस्तोमा पूर्वी नेपालका केही क्षेत्रमा श्रम संस्कृति पार्टीले पनि राम्रै उपस्थिति जनाइरहेको छ । सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पार्टी अध्यक्ष हर्क साम्पाङ मतान्तरमा रास्वपाकी गोमा तामाङसँग फराकिलो मतान्तरले पछि परेका छन् । 

यद्यपि उनका ‘योद्धाहरू’ भने कोशी प्रदेशका ५ वटा क्षेत्रमा अग्रता बनाइरहेका छन् । धनकुटामा सानबहादुर राई ५०४० मतका साथ अगाडि छन् । उनलाई एमालेका राजेन्द्रकुमार राईले ४ हजार ८५८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

यस्तै इलाम-२ मा सुदीप राई नेकपाका सुहाङ नेम्बाङलाई पछि पार्दै अग्रस्थानमा छन् । सुदीपले ४ हजार २२७ मत ल्याउँदा सुहाङले ३ हजार ५८२ मत पाएका छन् । पाँचथरमा श्रम संस्कृतिका हस्तराम शेर्मा २ हजार ८९५ मत ल्याउँदै अग्रता बनाइरहेका छन् भने नेपाली कम्युनिस्ट पार्टा हर्कबहादुर नेम्बाङ १ हजार ८२४ मतका साथ पछ्याइरहेका छन् ।

खोटाङमा आरेन राई अग्रस्थानमा छन् । उनले २ हजार ३७८ मत ल्याउँदा कांग्रेसका वीरकाजी राईले १ हजार ४२५ मत पाएका छन् । यस्तै भोजपुरमा पनि श्रम संस्कृतिका उम्मेदवार अगाडि छन् । ध्रुवराज राईले १ हजार ४०८ मतले अग्रता बनाइरहँदा कांग्रेसका बालकृष्ण थापाले १ हजार ११८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप