शिर निहुँराउन नपर्ने गरी काम गर्छु : गणेश पराजुली
सारांश
- रास्वपा नेता गणेश पराजुलीले जनताको मतको कदर गर्दै कार्यकालमा राम्रो काम गर्ने बताए।
- उनले निर्वाचनको परिणामले जनतामा परिवर्तनको चाहना देखाएको र सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए।
- पराजुलीले सुशासन कायम गर्ने र प्रदेश संरचनालाई पुनर्संरचना गर्ने कुरामा जोड दिए।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले जनताले सुम्पिएको मतको उच्च कदर गर्दै आफ्नो कार्यकालमा कहिल्यै शिर निहुँराउनु नपर्ने गरी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचनको परिणामले जनतामा परिवर्तनको तीव्र भोक रहेको पुष्टि गरेको र सोहीअनुसार आफूले जिम्मेवारी पूरा गर्ने बताएका हुन्।
लोकतन्त्रमा जनमत नै सर्वोपरी हुने उल्लेख गर्दै पराजुलीले यो जित रास्वपाको मात्र नभएर समग्र नेपाली जनताको भएको धारणा राखे। संविधान संशोधनका सन्दर्भमा उनले सबै पक्षलाई सहमतिमा ल्याएर अघि बढ्ने र यसका लागि ठोस निष्कर्ष निकाल्न कार्यदल गठन गरिने जानकारी दिए। मुलुकमा सुशासन कायम गर्ने मुद्दालाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
पछिल्लो समय प्रदेश संरचनाको विषयमा भइरहेका चर्चामा स्पष्ट पार्दै उनले रास्वपाले प्रदेश खारेजीको कुरा कहिल्यै नगरेको दाबी गरे। तीन तहको संघीयतामा प्रदेश संरचनाको वर्तमान स्वरूपलाई पुनर्संरचना र सुधार गरेर अघि बढ्ने उनको तर्क छ। रास्वपाले सरकारको नेतृत्व गर्दा प्रत्येक नेपाली नागरिकले देखेका सपनाहरू पूरा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको उनले बताए। पराजुली २७ हजार ८ सय ५ मत प्राप्त गर्दै काठमाडौं ७ बाट प्रतिनिधिसभामा विजयी भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण