पराजित भएपछि लिङ्देनले भने– मन जित्ने कुरामा निरन्तर लागिरहनेछु
शनिबार, २३ फागुन २०८२, २० : ३१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मन जित्ने कुरामा निरन्तर लागिरहने बताएका छन् । शनिबार झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रकाश पाठक निर्वाचित भइसकेका छन् ।
पाठकसँग पराजयभएपछि लिङ्देनले जनताको मन जित्ने कुरामा निरन्तर लागिरहने बताएका हुन् । उनले भने, ‘अत्यन्तै प्रतिकूल समयमा पनि राप्रपालाई विश्वास गरेर मतदान गर्नुहुने तथा यसपटक मत दिन असमर्थ सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। मैले सधैँ भन्दै आएको छु। चुनाव जित्नु नजित्नु अलग कुरा हो, मुख्य कुरा मन जित्ने कुरा हो।’
३८ हजार ६७४ मत ल्याएर रास्वपाका पाठक निर्वाचित हुँदा लिङ्देनले १७ हजार २९४ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण