ताप्लेजुङमा एमालेका थेवे निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पछि पार्दै थेवे निर्वाचित भएका हुन् ।
थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे ।
नेकपाका खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७ सय ७५ मतसहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहे ।
ताप्लेजुङमा यसअघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी भएका थिए।
तर यो पटक एमालेले भट्टराईलाई टिकट नदिई थेवेलाई दिएको थियो । थेवेले जित निकालेसँगै एमालेले अहिलेसम्म चार सिटमा जित निकालेको छ । अहिलेसम्म सात स्थानमा अग्रता कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण