मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इलाम– १ मा त्रिपक्षीय प्रतिस्पर्धा

आइतबार, २४ फागुन २०८२, १८ : ३५
आइतबार, २४ फागुन २०८२

विराटनगर । इलामको क्षेत्र नम्बर १ मा तीन पार्टीबिच कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँ एमालेका काजिमान कागते, श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू र काँग्रेसका निश्कल राईबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको हो । 

हालसम्मको मतपरिणाम अनुसार एमालेका कागतले ७ हजार ९९७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ७ हजार ७५५ मत पाएका छन् । यस्तै काँग्रेसका निश्कल राईले ७ हजार  ४१२ मत पाएका छन् । 

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ४ हजार ६११ र नेपाली कम्युनिष्ट पार्टीका रन बहादुर राईले २ हजार ५२९ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप