बाँदरलाई अमानवीय व्यवहार गर्ने एक जना व्यक्ति पक्राउ
सारांश
- सामाजिक सञ्जालमा बाँदर मारेको भिडियो पोस्ट गर्ने युवा पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २१ वर्षीय युवा छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरी पशु निर्दयतासम्बन्धी कसूरमा थप कारबाही अघि बढाएको छ।
ताप्लेजुङ । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं. २ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्या रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, सामाजिक सञ्जालमा बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारेको भिडियो सार्वजनिक भएपछि विभिन्न निकाय र संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए। सोही विषयमा ध्यानाकर्षण हुँदै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको अनुसन्धानबाट उक्त घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि घटेको खुलेको छ। खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरहरूलाई कुकुरद्वारा आक्रमण गर्न लगाई सोको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रहरीले जनाएको छ।
पशु निर्दयतासम्बन्धी यस घटनामा संलग्न आरोपित हेम्ब्यालाई पक्राउ गरी थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण