मुन्दुम पदमार्ग: प्रकृति र संस्कृतिको सङ्गमस्थल
सारांश
- टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गको विकासमा जोड दिएको छ, जहाँ प्रकृति र संस्कृतिको समिश्रण छ।
- पदमार्गमा किराँत समुदायको संस्कृति र 'मुन्दुम' परम्परा झल्किन्छ, साथै हिमशृङ्खलाको दृश्य पनि अवलोकन गर्न सकिन्छ।
- स्थानीय समुदायको आयआर्जन बढाउन घरबास, स्थानीय उत्पादन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवर्द्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा जैविक विविधता जोगाउँदै पर्यावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उनले बताए ।
“प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भने, “यसैले संस्कृतिको संरक्षण र प्रवर्द्धनलाईसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक र धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ । ठुला घाँसे मैदान, चौँरी र भेडी गोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।
यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ । पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएका छन् ।
गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ ।
प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
-
रास्वपाको बागमती प्रदेश हेटौँडा अधिवेशन सुरु, सभापतिमा को-को छन् दाबेदार ?
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण