पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक
सारांश
- आठ महिनामा काँकडभिट्टा नाकाबाट ६ हजार ७९१ पर्यटक नेपाल आए।
- अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या घटेको देखिन्छ।
- सोही अवधिमा ३ हजार १३३ नेपाली पनि स्वदेश फर्के।
- गत आर्थिक वर्षमा ८ हजार ७२३ पर्यटक आएका थिए।
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन् ।
उनका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५ सय ४१, कात्तिकमा ६ सय २४, मङ्सिरमा ८ सय ७३, पुसमा एक हजार ८ सय ५०, माघमा एक हजार ३ सय ९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएका हुन् ।
सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १ सय ३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको सङ्ख्या छ हजार ५ सय ५२ रहेको छ भने एक हजार ८ सय ४७ जना नेपाली समेत विदेश गएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७ सय २३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण