बेलायतमा मेनिन्जाइटिसको प्रकोप : दुई जनाको मृत्यु, दर्जनौँ गम्भीर बिरामी
सारांश
- बेलायतको क्यान्टरबरीमा 'इन्भेसिभ मेनिन्जाइटिस' संक्रमणबाट एक विद्यार्थीसहित दुई जनाको मृत्यु भएको छ।
- केन्ट विश्वविद्यालयका विद्यार्थीहरू सहित ११ जना गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका छन्।
- स्वास्थ्य अधिकारीहरूले संक्रमण थप फैलिन नदिन सावधानी अपनाउँदै औषधि वितरण गरिरहेका छन्।
क्यान्टरबरी । बेलायतको क्यान्टरबरी क्षेत्रमा फैलिएको ‘इन्भेसिभ मेनिन्जाइटिस’का कारण एक विद्यार्थीसहित दुई जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार यस संक्रमणबाट केन्ट विश्वविद्यालयका विद्यार्थीहरू सहित अन्य ११ जना गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका छन्।
बिरामी पर्ने र मृत्यु हुनेहरू १८ देखि २१ वर्ष उमेर समूहका रहेका छन्। विश्वविद्यालय प्रशासनले मृतक दुई मध्ये एक जना आफ्नै विद्यार्थी भएको पुष्टि गरेको छ।
यो घातक संक्रमणको प्रकोप क्यान्टरबरीमा आयोजित एक सामाजिक कार्यक्रमसँग जोडिएको अनुमान गरिएको छ। संक्रमण थप फैलिन नदिन युके हेल्थ सेक्युरिटी एजेन्सीले ३० हजारभन्दा बढी विद्यार्थी, कर्मचारी र उनीहरूका परिवारसँग सम्पर्क सुरु गरेको छ।
विशेषगरी क्याम्पस भित्रका निश्चित ब्लकहरूमा बस्ने र काम गर्नेहरूलाई ढिलाइ नगरी एन्टिबायोटिक औषधि सेवन गर्न आग्रह गरिएको छ। स्वास्थ्य विशेषज्ञहरूले अहिले बिरामीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरिरहेका छन्।
मेनिन्जाइटिस मस्तिष्क र मेरुदण्डलाई घेर्ने सुरक्षात्मक झिल्लीको संक्रमण हो, जसको समयमै उपचार नभए ज्यान जाने खतरा रहन्छ। यसका लक्षणहरूमा उच्च ज्वरो, बान्ता हुनु, टाउको असाध्यै दुख्नु र शरीरमा डाबरहरू आउनु समावेश छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार विद्यार्थीहरूले प्रायः यसका लक्षणहरूलाई सामान्य रुघाखोकी, फ्लु वा धेरै रक्सी सेवनपछिको ह्याङ्गओभर ठानेर झुक्किने गरेकाले थप जोखिम बढेको हो।
यूकेएचएसए दक्षिण पूर्वका क्षेत्रीय उप-निर्देशक ट्रिस म्यानसले थप सङ्क्रमणको जोखिम कम गर्न सावधानी अपनाइएको र नजिकको सम्पर्कमा रहेकाहरूलाई औषधि वितरण गरिएको जानकारी दिएका छन्। यस्तै, मेनिन्जाइटिस नाउका प्रमुख कार्यकारी डा. टम नटले युवाहरू समूहमा बस्ने र घुलमिल हुने भएकाले विश्वविद्यालयका विद्यार्थीहरूमा यो ब्याक्टेरिया सजिलै फैलिन सक्ने भन्दै सतर्क रहन चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण