प्रधानमन्त्री कार्कीद्वारा सार्वजनिक सम्बोधन प्रणालीको निरीक्षण
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको नयाँ मोडेलको निरीक्षण गरिन्।
- उनले सार्वजनिक सम्बोधन प्रणालीसहितको सुशासन प्रवर्द्धनको लागि सुरु भएको प्रणालीको जानकारी लिइन्।
- नयाँ प्रणालीले सेवाग्राहीको समय बचत गर्ने र अन्य सरकारी निकायमा पनि विस्तार गर्न सकिने बताइएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन् । सोमबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरीक्षणसहित जानकारी लिएकी हुन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिनुभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रूपमा सेवा लिन सकिने उनले बताए ।
सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिनुभएको पौडेलले उल्लेख गरे । निरीक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण