सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
सोमबार, ०२ चैत २०८२, २० : ५७
सारांश
- याङ्गोका चालक कुमार श्रेष्ठलाई सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- उनले एक महिला सेवाग्राहीलाई अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
- घटना काठमाडौंको बालाजुमा भएको थियो, र उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको छ।
काठमाडौँ । सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना राइड सेयरिङ प्लेटफर्म याङ्गोका चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ क्षेत्रपाटी घर भएका कुमार श्रेष्ठ छन् ।
एक जना महिला सेवाग्राहीलाई उनले सडकमा अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । फागुन २६ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ बालाजुबाट काँडाघारी जान खोज्दा श्रेष्ठले सेवाग्राहीलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
आरोपीलाई आइतबार टेकुबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा पठाइएको एसपी भट्टले जानकारी दिए । बालाजुबाट काँडाघारी पुग्न टाढा हुने विषयमा विवाद सुरु गरेर आरोपीले सेवाग्राहीलाई सार्वजनिक ठाउँमा अपशब्द प्रयोग गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण