मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी छुट्टै अनलाइन पोर्टल

मङ्गलबार, ०३ चैत २०८२, १५ : ३२
मङ्गलबार, ०३ चैत २०८२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई सहज र पारदर्शी बनाउन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको https://auctionassistance.nicasiabank.com पोर्टलमा गएर वा पत्रपत्रिकामा प्रकाशित लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर ग्राहकहरूले सम्पत्तिको विस्तृत विवरण हेर्न सक्नेछन्।

यस पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापसहितको लोकेसन उपलब्ध गराइएको बैंकले जनाएको छ। कुनै सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सोही पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना छाडेर थप जानकारी लिन सक्ने व्यवस्था समेत गरिएको छ।

आगामी दिनमा बैंकका सम्पूर्ण बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रही लिलाम बिक्रीमा आउने सम्पत्तिहरूको जानकारी नियमित रूपमा यसै पोर्टल मार्फत सार्वजनिक गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी जयेन्द्र रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप