पत्रकार सुरेश धामीको उपचारका लागि महासङ्घ बेलायत शाखाद्वारा ६५ हजार सहयोग
सारांश
- नेपाल पत्रकार महासंघ बेलायत शाखाले कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
- बेलायत शाखाले धामीको उपचारका लागि ६५ हजार ५ सय रुपैयाँ संकलन गरी केन्द्रीय अध्यक्षलाई हस्तान्तरण गरेको हो।
- गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पतालमा भर्ना भएका धामीको उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरिएको हो।
लन्डन । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) अस्पतालमा सिनामंगलमा उपचाररत धामीको सहयोगार्थ बेलायत शाखाले ६५ हजार ५ सय रुपैयाँ सङ्कलन गरेको हो।
नेपाल पत्रकार महासङ्घ बेलायत शाखाका सचिव विश्वासदीप तिगेला र कार्यसमिति सदस्य वाचस्पति रेग्मीसहितको टोलीमार्फत सङ्कलित रकम महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई केन्द्रीय कार्यालयमा पुगेर हस्तान्तरण गरिएको छ।
गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पतालमा भर्ना भएका धामीको शल्यक्रिया र त्यसपछिको सङ्क्रमणका कारण उपचार खर्च महँगो भएको थियो। पत्रकारिता बाहेक आयआर्जनको अन्य बलियो स्रोत नभएका धामीको परिवारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेको थियो। सोही अपिलका आधारमा केन्द्रले बेलायत शाखालाई सहयोगका लागि समन्वय गरेको थियो।
रकम बुझ्दै महासङ्घले सङ्कटको घडीमा विदेशमा रहेका पत्रकार साथीहरूबाट प्राप्त यो सहयोगले ठुलो राहत पुग्ने बताएको छ। महासङ्घले सहयोगका लागि बेलायत शाखाप्रति आभार समेत व्यक्त गरेको छ।
नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले यसअघि पनि बारम्बार अपदबिपदमा परेका पत्रकारका लागि विभिन्न किसिमका सहयोग पुर्याउंदै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण