मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ६ जना सकुशल

बुधबार, ०४ चैत २०८२, १३ : २५
बुधबार, ०४ चैत २०८२

सारांश

  • काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनाग्रस्त भयो।
  • हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई पल्टिएको थियो, जसमा सवार सबै यात्रु सुरक्षित रहे।
  • दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

काठमाडौँ । काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

क्यानका अनुसार दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर  हेलिकप्टर पल्टिएको प्राधिकरणले जनाएको छ । साथै, उक्त हेलिकप्टरमा कुनै पनि शव बोकिएको भन्ने हल्ला सत्य नरहेको पनि क्यानले स्पष्ट पारेको छ ।

घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप