चिनियाँ कम्युनिस्ट पार्टीद्वारा रवि र बालेन नेतृत्वको प्रशंसा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त शुभेच्छाका लागि धन्यवाद ज्ञापन गरेको छ।
- सीपीसीले रास्वपालाई बधाई दिँदै दुई पार्टीबीचको सहकार्य सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
- सीपीसीले नेपाल-चीन सम्बन्धलाई अझै मजबुत बनाउने र रास्वपाको नेतृत्वको प्रशंसा गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट प्राप्त शुभेच्छा तथा ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
सीपीसीले रास्वपालाई औपचारिक पत्र पठाएर बधाई तथा शुभकामना दिए लगत्तै रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले सीपीसीलाई धन्यवाद दिएका हुन् ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको उक्त सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबिचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । सन्देशमा नेपाल–चीन बिचको आपसी राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको उल्लेख गरिएको छ ।
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको पनि सीपीसीले प्रशंसा गरेको छ । उनीहरुको नेतृत्वमा नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि सीपीसीले व्यक्त गरेको छ । सीपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदान प्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थायित्व विकासका लागि सहकार्य गर्न तत्पर रहेको समेत जनाएको छ ।
नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा रास्वपा अडिग रहँदै आएको विश्वास दिलाउँदै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र प्राथमिकतापूर्ण सम्बन्ध कायम गर्ने आफ्नो प्रतिबद्धता सीपीसीले पुःन दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण