पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरी । रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो।
गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण