अमेरिकी सैनिक हुँ भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ
सारांश
- अमेरिकी सेनामा कार्यरत रहेको भन्दै महिलालाई ठगी गरेको आरोपमा स्याङ्जाका एक युवक पक्राउ परेका छन्।
- पक्राउ परेका युवकले टिकटक र ह्वाट्सएपमार्फत महिलाहरूलाई सम्पर्क गरी रकम ठगी गर्ने गरेको खुलेको छ।
- प्रहरी अनुसन्धानका क्रममा उनले आफूलाई विशाल थापा क्षेत्री बताउने गरेको र कानुनी कारबाहीका लागि उनलाई प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
काठमाडौँ । आफूलाई अमेरिकी सेनामा कार्यरत रहेको भन्दै सामाजिक सञ्जालमार्फत महिलाहरूलाई प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–२ घर भएका ३४ वर्षीय भेषराज वाग्ले छन् ।
आरोपीले महिलाहरूलाई ‘टार्गेट’ गरेर टिकटक मार्फत ह्वाट्स एप नम्बरमा सम्पर्क गरेर ठगी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । उनले सुरुमा टिकटक चिनजान गरेर विदेशी नम्बर मार्फत ह्वाट्स एपमा कुराकानी गरेर महिलाहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।
कुराकानीका क्रममा आफू अमेरिकी आर्मी भएको र हाल बिदामा नेपाल आएको भन्दै उनले झुटो आश्वासन दिने गरेका थिए । नेपालमा जग्गाको कर तिर्नुपर्ने तर आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको (कारोबारको सीमा नाघेको) बहाना बनाएर उनले पीडित महिलाहरूसँग रकम माग गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ठगी गर्ने धन्दामा उनले आफ्नो सक्कली नाम लुकाएर विशाल थापा क्षेत्री बताउने गरेका थिए । उनलाई चैत ३ मा चन्द्रागिरिबाट पक्राउ गरिएको एसपी भट्टले बताए । वाग्लेलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण