आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
शुक्रबार, ०६ चैत २०८२, ०९ : ०२
काठमाडौँ । ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन् । उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन् ।
विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन् । यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण