१५ बर्षीया छोरीले बाबुलाई बञ्चरो प्रहार गरेपछि..
शुक्रबार, १८ साउन २०७५, ०९ : ०५
रोल्पा - रोल्पामा गएराति बन्चरो प्रहार गर्दा १ व्यक्ति घाईते भएका छन् ।
रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् ।
राति राति १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भविन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् ।
घरायसी बिबादका कारण जानकीले बाबुमाथि बन्चरो प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।