शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल बिग्रियो ? थर्ड ह्वील एप्स सहयोगी बन्न सक्छ !

सोमबार, २१ साउन २०७५, ११ : ५३
सोमबार, २१ साउन २०७५

काठमाडौं– गन्तव्यतर्फ जाँदै गर्दा तपाईँ आफ्नो मोटरसाइकल बिग्रेर हैरानीमा पर्नुभएको हुन सक्छ । जसका कारण आफ्नो मोटरसाइकललाई घण्टौंसम्म पनि डोहोर्याएर सर्भिसिङ सेन्टरसम्म पुर्याएको अनुभव पनि तपाईँसँग हुनसक्छ । 

पछिल्लो समय यस्ता समस्याको समाधान गर्ने उद्देश्यले ‘थर्ड ह्वील’ नामक एप्स  सार्वजनिक भएको छ । दुई पाङ्ग्रे सवारी साधन प्रयोग कर्ताका लागि मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि भनेर मोबाईल एप्स सार्वजनिक भएको हो । 

एप्सले कतै गन्तब्यमा जाँदा सवारी बाटोमै बिग्रिको खण्डमा गुणस्तरयुक्त मर्मत अनि पाठपुर्जाका लागि ‘थर्ड ह्वील’ले सहयोग गर्नेछ।

यो एप्स मोबाइलमा डाउनलोड गरेर दुईपांग्रे सवारीसँग सम्बन्धित  विभिन्न समस्यालाई समाधान गर्न सहयोगी हुने इम्याट आइटीले जनाएको छ।

एप्समा आफ्नो जानकारी अनि सवारी साधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्ड व्हीलमा केवल एक बटन र क्लीक मात्र गरेपछि दुई पाङ्ग्रेका सबै समस्या समाधान हुने थर्ड ह्विल नेपालका अरूण कुमार राउतले  दाबी गरे । 

‘मध्यमवर्गीय  आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारीसाधनमा निर्भर रहका छौं, यसको मर्मत, संभार लगायत आकस्मीक समय अनि डोहोर्याएर बनाउने ठाँउसम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ । यस्तो अवस्थामा थर्ड ह्वील अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागि यस एप्स एउटा बरदान साबित हुनेछ।’ उनले भने । 

कम समयमा स्तरीय सेवा र सुविधाका लागि यो एप्स उपयोगी हुने राउतले दाबी गरे। 

सर्भिसिङ या अन्य केही बाइकको मर्मत चाहिएमा घर या कार्यालयबाटै बाइक मर्मतका लागि तेस्रो पाङ्ग्रामार्फत पठाउन सक्नेछन्। समयमै गुणस्तरीय सेवालाई प्रमुख आधार बनाएर निर्माण गरिएको एप्सले दैनिक जीवनमा सहज र परिवर्तन ल्याउने दाबी कम्पनीको छ।

सेवा लिने तरिका 
सबैभन्दा पहिले प्ले स्टोर र एप स्टोरमा गएर ThirdWheelNepal  एप्स डाउनलोड गर्नुपर्छ। त्यसपछि दिएको छोटो फारम भरेर तपाईको बाइक नम्बर दर्ता गर्नुपर्छ। अब सेवा लिन सकिनेछ। यसको वेवसाइट  बाट पनि सेवा लिन सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप