मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कीर्तिपुरमा दिनदहाडै खुकुरी प्रहार गरेर युवकको हत्या

बुधबार, २३ वैशाख २०८३, १६ : ५६
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताए । 

उनले भने– ‘आरोपीहरूको पहिचान भएको छ, हामी खोज्दैछौँ ।’ आरोपीहरू पहिले पनि मुद्दा चलेका युवाहरू संलग्न देखिएका छन् । मृतक र हत्यामा संलग्नहरू पूर्वपरिचित हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप