मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अभिनेत्री शिल्पा मास्केले गरिन् विवाह

शुक्रबार, २५ वैशाख २०८३, १३ : १०
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • अभिनेत्री शिल्पा मास्केले प्रेमी फ्लावर केसीसँग मुस्ताङमा विवाह गरेकी छन् ।
  • फ्लावर केसी एक ट्याटु कलाकार हुन् ।
  • शिल्पाले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको जानकारी दिँदै प्रकृतिको बीचमा विवाह गर्ने सपना पूरा भएको बताएकी छन् ।

काठमाडौँ । अभिनेत्री शिल्पा मास्के वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् । 

 उनले विवाहको जानकारी सामाजिक सञ्जालबाट गराएकी छन् । सधैँ प्रकृतिको बिचमा विवाह गर्ने कल्पना गर्दै आएको आफूले सो सपना पुरा गरेको जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘कल्पना गरेको एउटा सपना आज हाम्रो जीवनकै सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप