नियोगहरूमार्फत मुलुकको कूटनीति सफल बनाउन लागि परौँ : सभामुख अर्याल
सारांश
- सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिलाई अघि बढाउन र राष्ट्रको गौरव बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
- उनले कूटनीतिक नियोगहरूको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्नुपर्नेमा जोड दिए ।
- उनले शिक्षा र प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्त्व बुझाउनुपर्ने र यसले अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने बताए ।
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौँमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्न आवश्यक रहेको पनि बताए ।
उनले नेपालको राष्ट्रिय महत्त्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताए । शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्त्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।
उनले भने, ‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरूक गरी शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्त्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्नेछ । म यस अवसरमा यहाँ उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
उनले थप भने, ‘तपाईँहरूको लगन, मेहनत र प्रतिवद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा हुन सक्दैनन् । सबै मिलेर नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्न कूटनीति नियोगहरूको सकारात्मक सहभागितामा सफलताको नयाँ अध्यायको सुरु गरौँ ।’
सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा गर्नका लागि अझ धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण