रैथाने असला, सहर तथा कत्ला माछाको संरक्षणका लागि मन्त्रिपरिषदबाट अनुदान स्वीकृत
काठमाडौँ । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकार गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको हो ।
विश्व वातावरण सुविधा अन्तर्गतको Global Biodiversity Framework Fund (GBFF) मार्फत प्राप्त हुने करिब कुल १.४५ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायता खर्च कटौती पश्चात् बाँकी रहने करिब १.२७ मिलियन अमेरिकी डलर नेपाल सरकारको सङ्घीय सञ्चित कोषमार्फत प्राप्त हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन’ नामक परियोजनाका लागि सो रकम सरकारले स्वीकृत गरेको हो ।
सो कार्यक्रमअन्तर्गत मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षण, पुनः स्थापना तथा स्थानीय माछा मार्ने समुदायको दिगो जीविकोपार्जनमा सहयोग पुर्याइने लक्ष्य राखिएको छ ।
यसअन्तर्गत जैविक विविधतामैत्री अभ्यास विस्तार, सङ्कटापन्न माछा प्रजातिको उत्पादन तथा पुनः स्थापना, एक्वाफार्म स्थापना लगायत कार्य गरिने छ । यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ । परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म अर्थात् तीन वर्षको रहनेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण