आइतबार काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै
काठमाडौँ । श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका साथ आइतबार ‘गीतामैत्री मिलन’ कार्यक्रमको आयोजना हुँदैछ । नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने उक्त कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीबाट श्रीमद्भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ ।
त्यसअघि कमलादी गणेशस्थानबाट शोभायात्रा निस्कने र प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा भगवद्गीता अध्ययन र साधनाका विषयमा प्रवचन हुने संस्था सचिव रामप्रसाद अधिकारीले जानकारी दिए । विंस २०७७ मङ्सिरमा स्थापित गीता परिवार नेपालले कोरोना सङ्क्रमणको समयमा स्वयम् सेवाका माध्यमबाट प्रभावित व्यक्तिलाई उत्पे्ररणासहित भोजनका लागि आर्थिक सहयोग प्रदान गरेको थियो ।
संस्थाले बालबालिकामा नैतिक मूल्यको बिजारोपण गर्न ‘बाल संस्कार वर्ग’मार्फत उनीहरूको शरीर, मन र बुद्धिको विकास गर्ने, अनलाइनमार्फत निःशुल्क गीताका श्लोक सिकाउने, व्याकरणसहित शुद्ध उच्चारणको अभ्यास गर्ने/गराउने कार्य गर्दै आएको छ । उक्त संस्थाले ‘घरघरमा गीता हाम्रो अभियानः गीता पढौँ, पढाऔँ जीवनमा लगाऔँ’भन्ने कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।
गीता परिवारले भगवद्भक्ति, श्रीमद्भगवद्गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामीविवेकानन्दको आदर्शलाई आत्मसात गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल उक्त संस्थाका ५०० स्वयंसेवी र १५ हजार सदस्य रहेको अध्यक्ष सारिका अग्रवालले जानकारी दिए ।
विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीलाई १४ भाषामार्फत श्रीमद्भगवद् गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आध्यात्मिक जागरण अभियानलाई अघि बढाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
-
काठमाडौँ महानगरको बैठकमा वडाध्यक्षहरूको आक्रोश : सुकुमबासी व्यवस्थापनदेखि सर्भर डाउनसम्मका समस्याको चाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण