फाइभ स्टार होटलमा सांसदको प्रशिक्षण,आशिका तामाङको आपत्ति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूको प्रशिक्षण महँगा फाइभ स्टार होटलमा आयोजना गरिएकोमा आपत्ति जनाएकी छन्।
- उनले सिंहदरबारभित्रै सभाहलहरू हुँदाहुँदै बाहिर महँगा होटलमा कार्यक्रम गर्नु राज्यको स्रोतको दुरुपयोग र फजुल खर्च भएको बताएकी छन्।
- सांसद तामाङले परिवर्तनको एजेन्डा लिएर आएका नयाँ शक्तिहरूले पनि पुरानै प्रवृत्ति दोहोर्याउनु दुःखद भएको टिप्पणी गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको विषयमा गम्भीर प्रश्न उठाएकी हुन्।
सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू हुँदाहुँदै बाहिर महँगा होटल वा अरूसँग हल सापटी लिएर कार्यक्रम गर्नु पर्ने कुनै बाध्यता नरहेको उनको तर्क छ। सांसद तामाङले सिंहदरबारभित्रै धेरै सङ्ख्यामा सभाहलहरू उपलब्ध रहेको अवस्थामा बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको लेखाजोखा कसले गर्ने भन्दै प्रश्न गरेकी छन्।
उनले भनिन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभा हल कति छन् कति, बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ?’
यदि सुरक्षाको कारण देखाएर महँगा होटल रोजिएको हो भने सांसदहरूलाई के एक दिन मात्र सुरक्षा चाहिने हो र अन्य दिन चाहिँदैन भन्ने उनको व्यङ्ग्यात्मक प्रश्न छ।
परिवर्तनको एजेन्डा लिएर आएका नयाँ शक्तिहरू नै पुरानाकै पदचापमा हिँड्न नहुनेमा उनले जोड दिएकी छन्। आफूहरू आफैँ परिवर्तनको पक्षमा उभिएको र फजुल खर्च नगर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले व्यवहारमा पुरानै प्रवृत्ति दोहोरिनु दुःखद भएको बताएकी छन्।
उनले अगाडि थपेकी छन्, ‘हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
-
काठमाडौँ महानगरको बैठकमा वडाध्यक्षहरूको आक्रोश : सुकुमबासी व्यवस्थापनदेखि सर्भर डाउनसम्मका समस्याको चाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण