मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

शनिबार, २६ वैशाख २०८३, १८ : ५२
शनिबार, २६ वैशाख २०८३

सारांश

  • प्रहरीले काठमाडौँको तारकेश्वर र ललितपुरको चापागाउँबाट जुवा खेलिरहेका १४ जनालाई नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित पक्राउ गरेको छ।
  • तारकेश्वरबाट १० जनालाई ४ लाख ४ हजार रुपैयाँ, ७ बुक तास र १७ थान कौडासहित पक्राउ गरिएको छ।
  • चापागाउँबाट ४ जनालाई १ लाख ४९ हजार ३ सय रुपैयाँ र १५ बुक ताससहित नियन्त्रणमा लिइएको छ।

काठमाडौँ । काठमाडौँ र ललितपुरका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँको तारकेश्वर र ललितपुरको चापागाउँबाट उनीहरूलाई नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा डेरा गरी बस्ने धादिङ घर भएका ३५ वर्षीय प्रेम तामाङको कोठामा जुवा खेलिरहेको अवस्थामा तामाङसहित १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ४ लाख ४ हजार रुपैयाँ, ७ बुक तास र १७ थान कौडा बरामद गरेको छ।

त्यसैगरी, ललितपुर महानगरपालिका–१५ चापागाउँस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्ने भोजपुर घर भएका ४५ वर्षीय कृष्ण बराइलीसहितका व्यक्तिहरू रहेका छन्। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार राति नगद १ लाख ४९ हजार ३ सय रुपैयाँ र १५ बुक ताससहित नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप