कुहिने फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि काठमाडौँ महानगरले माग्यो प्रस्ताव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको फोहोर व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन ‘आइडिया’ मागेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने उपयुक्त विधि सिफारिस गर्न इच्छुक व्यक्ति, संघ संस्था तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो ।
‘वेस्ट टु इनर्जी’ र ‘जिरो वेस्ट’ को लक्ष्य
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने, ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा) र ‘जिरो वेस्ट’ (शून्य फोहोर) सिटीको अवधारणा अघि सारेको छ ।
सोही लक्ष्य प्राप्तिका लागि महानगरले कुहिने फोहोरलाई सडकमा फाल्नुको सट्टा स्रोतका रूपमा प्रयोग गरी वैज्ञानिक व्यवस्थापन गर्न खोजेको हो ।
यस कदमको मुख्य उद्देश्य ल्याण्डफिल साइटमा विसर्जन हुने फोहोरको भार घटाउनु रहेको महानगरले जनाएको छ । कुहिने फोहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्दा वातावरण संरक्षण हुने र ‘चक्रीय अर्थतन्त्र’ मा समेत टेवा पुग्ने विश्वास महानगरको छ ।
यस्ता छन् सर्त र मापदण्ड
महानगरले व्यवस्थापनका लागि सिफारिस गरिने विधिहरूका लागि केही ठोस मापदण्डहरू तोकेको छ । जसमा प्रविधियुक्त र गन्धरहित हुनुपर्ने।
वातावरणमैत्री र सामाजिक विकासमा सहयोग पुर्याउने हुनुपर्ने । नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनुपर्ने रहेको छ ।
प्राविधिक र व्यावसायिक रूपमा सम्भाव्य हुनुपर्ने ।

ल्याण्डफिल साइटको भार घटाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण