मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘मालती मंगले’ बारे प्रतिक्रिया बुझ्न कलाकार लिएर हल पुगे रामकृष्ण

आइतबार, २७ वैशाख २०८३, १३ : २४
आइतबार, २७ वैशाख २०८३

सारांश

  • वरिष्ठ गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ को प्रतिक्रिया बुझ्न उनी कलाकारसहित विभिन्न हलमा पुगेका छन् ।
  • फिल्मले प्रदर्शनको सुरुवाती दिनमा सन्तोषजनक व्यवसाय गरेको छ र दर्शकको प्रतिक्रिया सकारात्मक छ ।
  • ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशमा आधारित यस फिल्ममा वर्षा राउत र मेक्सम गौडेलको अभिनयले दर्शकको मन जितेको छ ।

काठमाडौँ । ‘मालती मंगले’ वरिष्ठ गायक रामकृष्ण ढकालको निर्माण रहेको फिल्म हो । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्मको सुरुवाती व्यवसाय सन्तोषजनक रहेको छ । 

फिल्मको प्रतिक्रिया बुझ्न निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम लगायत शनिबार उपत्यकाको विभिन्न हलमा पुगेका थिए । शो क्रममा फिल्म र कलाकारका अभिनयबारे राम्रो प्रतिक्रिया पाएको निर्माता ढकालले बताए ।

‘फिल्मले शुक्रबार भन्दा शनिबार राम्रो दर्शक पाएको छ’, ढकालले भने, ‘दर्शकको प्रतिक्रिया समेत सकारात्मक छ ।’ कलाकारमा वर्षा राउत र मेक्सम गौडेललाई सबैभन्दा बढी राम्रो प्रतिक्रिया मिलिरहेको ढकालले सुनाए । 

विदेशी सहित नेपालका अन्य दुई फिल्म रिलिज भएकोले व्यवसाय सोचेजस्तो नभएको बताएका ढकालले एकसाथ फिल्म जुध्दा पर्ने असर सबै फिल्ममा परेको धारणा राखे । 

प्रकु पाण्डेको निर्देशन रहेको फिल्मले ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ । फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी र बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटा लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप