बालेनको प्रवृत्ति राणा शासन पछिकै खतरनाक : जेनजी अभियन्ता विके
काठमाडौँ । जेनजी अभियन्ता डा.जगत विकेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो केही कदम र प्रवृत्तितर्फ लक्षित गर्दै कडा असहमति जनाएका छन् । बालेनका यसअघिका धेरै निर्णयहरूमा समर्थन र सदभाव राख्दै आएका विकेले पछिल्लो समय राज्यका संस्थाहरूबिचको शक्ति सन्तुलन बिर्सिन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.विकेले राज्य संयन्त्र विधिसम्मत प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनका आधारमा चल्नुपर्नेमा जोड दिएका छन् । कार्यकारी शक्तिले सर्वोच्च अदालतजस्तो स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायलाई आफ्नो प्रभाव वा निगाहमा चल्ने संरचनाजस्तो प्रस्तुत गर्न खोज्नु लोकतन्त्रका लागि घातक हुने उनको ठहर छ ।
‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’
डा.विकेले भनेका छन्- ‘लोकतन्त्रको सुन्दरता नै यही हो कि कुनै पनि व्यक्ति, पद वा शक्ति कानुनभन्दा माथि हुँदैन । तर अहिले कार्यपालिकाले आफैँलाई सबैभन्दा माथि ठान्न थालेको देखिन्छ । यो राज्यको शक्ति सन्तुलनमाथिको गम्भीर प्रहार हो ।’
उनले संस्थाभन्दा व्यक्तिलाई बलियो बनाउन खोज्ने मानसिकतालाई राणा शासनपछिको ‘सबैभन्दा खतरनाक प्रवृत्ति’ को संज्ञा दिएका छन् । संसदीय शासन प्रणालीमा व्यक्ति अस्थायी र संस्था स्थायी हुने उल्लेख गर्दै डा. विकेले नागरिक चेतनाले मात्र लोकतन्त्रलाई सही दिशामा राख्न सक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘आलोचना भनेको शत्रुता होइन, लोकतन्त्रलाई सही दिशामा राख्ने जिम्मेवार नागरिक चेतना हो। यहाँ कोही अरिङ्गाल खनिनु पर्दैन, न त अन्धभक्तहरू झम्टिन आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण