शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न विद्यार्थीहरूको माग
सारांश
- विभिन्न विद्यार्थी सङ्गठनहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।
- उनीहरूले संविधानमा शिक्षा निःशुल्क भनिए पनि सार्वजनिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाइरहेको र यसको समाधानका लागि बजेट वृद्धि आवश्यक रहेको बताएका छन् ।
- विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको नियन्त्रणमा सिनेटको अधिकार केन्द्रित गरिएकोमा आपत्ति जनाएका छन् ।
काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनहरूले शिक्षा क्षेत्रका समस्या समाधान गर्न आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कम्तीमा २० प्रतिशत बजेट अनिवार्य विनियोजन गर्न सरकारसँग माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न विद्यार्थी सङ्गठनहरूले यस्तो माग गरेका हुन् ।
उनीहरुले संविधानमा आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि हाल कयौं सार्वजनिक विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क उठाइरहेका समेत बताएका छन् ।
‘यसको एउटा प्रमुख कारण विद्यालयको कमजोर आर्थिक स्थिति हो । त्यसकारण संविधानतः हरेक नागरिकको निःशुल्क शिक्षा पाउने मौलिक हकको कार्यान्वयन गर्न र शिक्षा क्षेत्रका कयौँ भौतिक समस्याहरूको समाधान गर्न आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट अनिवार्य विनियोजन गर्न सरकार समक्ष माग गर्दछौं’, विद्यार्थी संयुक्त विद्यार्थी सङ्गठनले भनेको छ ।
त्यस्तै, विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गराउनको लागि प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुको साटो विश्वविद्यालयका सिनेटका अधिकारहरू समेत खोस्दै प्रधानमन्त्रीको नियन्त्रणमा लिइएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले विश्वविद्यालयको सिनेटमा स्ववियुबाट विद्यार्थीको प्रतिनिधित्व हुने गरेकोमा अब विद्यार्थी प्रतिनिधि छनौटको अधिकार प्रधानमन्त्रीमा केन्द्रित गरेर पञ्चायतको झल्को दिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण