चोरीमा संलग्न गिरोह २२ लाख नगदसहित पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–२ स्थित सानेपामा भएको दुई वटा चोरीको घटनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । डेढ महिनाअघि सानेपास्थित मिनु झा र केही दिनअघि वविता छिनाल परियारको डेरामा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–१० घर भएर सानेपा बस्ने २४ वर्षीय समीर चौधरी, कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र भारतीय नागरिक न्यूरोड बस्ने ४५ वर्षीय श्रवणकुमार छन् ।
समीर चौधरीले चोरी गरेको सुनका गहना पूजा शर्माले बेच्न सहयोग गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । प्युखामा सुन पसल सञ्चालन गर्ने श्रवणकुमार चोरीको गहना खरिद गरेको आरोपमा पक्राउ परेका हुन् । समीर चौधरीलाई आइतबार र पूजा शर्मालाई सोमबार पक्राउ गरिएको एसपी मिश्रले जानकारी दिए ।
प्रहरीले श्रवण कुमारको सुन पसलबाट स्रोत नखुलेको २२ लाख नगद बरामद गरेको छ । उनले सो रकमको स्रोत खुलाउन नसकेको र चोरीको गहना बेचेर प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी मिश्रले बताए । आरोपीहरू विरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
समीर अहिलेसम्म ललितपुरको ३ वटा चोरीमा संलग्न भएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण