‘जोजोलोप्पा फेशन रनवे’ मा अभिनेत्री सञ्चिता
शुक्रबार, २५ साउन २०७५, १७ : ४१
काठमाडौं– क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौंमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । नायिका सञ्चिता लुँईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने फेसन शोमा एक दर्जनभन्दा बढी मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनका डिजाइनहरुमा मोडलले र्याम्प प्रस्तुत गर्नेछन् ।
चर्चित कलाकारको सांगितिक प्रस्तुति पनि रहेन शोमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफी रहनेछ । ललितपुरको इन्द्रेणी ब्याक्वेटमा हुने शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ