गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ ।
नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिनसक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
उनले भने, ‘गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन, विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नेछौँ । मुलुककी देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ ।’
यसैगरी सरकारले वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति अख्तियार गरेको छ । विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने सरकारको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण