प्राधिकरण मोडलमा बुढीगण्डकी आयोजना अघि बढाइने
शुक्रबार, १५ जेठ २०८३, १७ : २४
पोखरा । सरकारले गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै ठुला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ काे बजेटमार्फत सरकारले गण्डकी क्षेत्रलाई ऊर्जाको हब बनाउने योजना अघि सारेको हो ।
ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाहरूलाई मुख्य प्राथमिकता दिएको छ । १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
यस्तै, तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी र तल्लो मोदी जस्ता आयोजनाहरूको निर्माणलाई तीव्रता दिने घोषणा गरिएको छ ।
सरकारले वित्तीय व्यवस्थापनसहित ८२८ मेगावाटको उत्तरगंगा लगायतका दर्जनौँ आयोजनाहरूको ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण